कर्मफ्लाइट्स फाउण्डेशन नेपालको बंगलादीमा राहत वितरण कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     ११ साउन २०७७ मा प्रकाशित


कर्मफ्लाइट्स फाउण्डेशनले पोखरा महानगरपालिका वडा नं ६ को लेकसाइड (बंगलादी, खहरे, जरेवर) का समुदायलाई लक्षित गरि दोस्रोपटक राहत वितरण गरेको छ । कोरोना प्रभावित गरिब, असहाय र अपांगता भएका नागरिकहरुलाई पोखरा–६, लेकसाइड, बंगलादी स्थित कर्मफ्लाइट्स फाउण्डेशनको अफिस परिसरमा राहत वितरण गरेको छ ।

फोटोः मनशान्त घिमिरे

कर्मफ्लाइट्स फाउण्डेशन नेपाल र नमस्ते नेपाल (चेक गणतन्त्र) को सहकार्य तथा पोखरा महानगरपालिका वडा नं ६ को संयोजनमा फाउण्डेशनले आज ४५ घरधुरीलाई राहत स्वरुप खाद्यान्न, सरसफाई तथा शैक्षिक सामग्री उपलब्ध गराएको हो । फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरका अनुसार प्रति परिवार ३० केजी चामल, १ केजी नुन, २ केजी दाल, १ केजी चना, एक लिटर खाने तेल, सोयाबिन २ प्याकेट, साबुन २ वटा, मास्क ५ प्रति र बालवालिकाहरुलाई शैक्षिक सामग्री (कपी, बलबेन, पेन्सिल, इरेजर, कटर इत्यादि) तथा साना बच्चाहरुलाई पौष्टिक आहार समेत गरि प्रति परिवार औषतमा रु २,७८० (अक्षरुपी दुइ हजार सात सय असी मात्र) गरि जम्मा रु १ लाख २५ हजार १ सय बराबरको राहत सामग्री वितरण गरिएको हो ।

फोटोः मनशान्त घिमिरे

राहत वितरण कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाका सल्लाहकार शिवलाल धितालले सामाजिक क्रियाकलापमा सक्रिय फाउण्डेशनले कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिब, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु–याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको बताउँनुभयो । वडा अध्यक्ष जगतबहादुर पहारीको विशेष उपस्थितिमा प्रभावितहरुलाई राहत सामग्री वितरण गरिएको हो ।

तस्विरः मिना कार्की

राहत वितरण कार्यक्रममा शिवमणि मन्दिर समितिका अध्यक्ष टेकनाथ अधिकारी, बंगलादी आमा समुहका अध्यक्ष विनिता बराल अधिकारी, उपाध्यक्ष मिठु लामिछाने लगायतले आफ्ना भनाइहरु राख्दै यो अप्mठ्यारो परिस्थितिमा कर्मफ्लाईट्स फाउण्डेशनले गरेको सामाजिक कामको मुक्त कण्ठले सराहना गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजिवीहरुको विशेष उपस्थिति रहेको थियो ।