
पोखरा, ११ साउन । नेपालमा थप एक सय ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म नेपालमा ५ हजार ४ सय ४० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा १७ हजार ९ सय ३ जना रहेका छन् । यस्तै आइसोलेसनमा ५ हजार ४ सय ४० जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ७५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १३ हजार १ सय २८ रहेको प्रवक्ता डा गौतमले बताए ।