पोखरा, १२ साउन । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
सोमबार थप १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार थप १३९ सहित कूल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको हो ।
प्रवक्ता गौतमका अनुसार सोमवारसम्म संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ । त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा १६ हजार ३ सय ७१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ७ सय ५४ पुगेको छ।