
पोखरा, १३ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६३ लाख ९६ हजार ९५४ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४२ लाख ८६ हजार ६६३ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २४ लाख ४२ हजार ३७५ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १४ लाख ३५ हजार ४५३ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ५१ हजार ९०२ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ४७ हजार ५८८ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ८७ हजार ६१८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या ९५ लाख १२ हजार ५६१ जना रहेको छ ।