नेकपा स्थायी कमिटीको बैठक स्थगित

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


आज मंगलबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमार्फत जानकारी दिएका छन् ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।