
पोखरा, १३ साउन । मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। सोमवार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन सात सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने ९७ हजार ७ सय ६० रुपैयाँ प्रतितोला तोकेको छ । सोमवार तेजावी सुनको प्रतितोला ९७ हजार ६० रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।