नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्‍यो

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ साउन । नेपालमा थप तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म ५ हजार १ सय २९ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ सय जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा एक सय २१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: