
फाइल तस्विर
पोखरा, १३ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार साउन ९ गते शुक्रवार मृत्यु भएका बझाङ जिल्ला बुङ्गल नगरपालिका– ३का ६५ वर्षीया बृद्ध रहेका छन् ।
बुद्धको आज मंगलवार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । बृद्धमा दम रोगसम्बन्धी समस्या रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।