गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४३० पुग्यो

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ साउन । गण्डकी प्रदेशमा मंगलवार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ ७ बजे जारी गरेको विज्ञप्तिअनुसार प्रदेशमा संक्रमितको संख्या एक हजार ४ सय ३० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २५ जना र बागलुङका ६ जना रहेका छन् । स्याङ्जाका संक्रमितहरुमा अर्जुनचौपारी गाउँपालिकाका ४ जना, वालिङ नगरपालिकाका १ र पुतलीबजार नगरपालिकाका दुई महिला र १८ जना पुरुष रहेका छन् ।

त्यस्तै बागलुङ निसीखोला गाउँपालिकाका ५ र बरेङका १ जना रहेका छन् । संक्रमित सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९४ पुगेको छ ।



Tags: