प्रम ओली र गौतमबीचको छलफल सम्पन्न, पार्टी फुट्न नदिनेमा परामर्श

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच सोमबार अवेर साँझ भैसेपाटीस्थित गौतम निवासमा भएको छलफल सम्पन्न भएको छ ।

छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित पार्टी महासचिव विष्णु पौडेल पनि गौतम निवास पुगेका थिए ।

उपाध्यक्ष गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनिएपनि त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताएको छ । पार्टीभित्र चुलिएको विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल गरेका हुन् । आजै मात्र अध्यक्षद्वयलाई गौतमले ६ बुँदे प्रस्तावमा बुझाएका थिए ।