सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी, प्रतितोला ९८ हजार ५ सय पुग्यो

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ साउन । बुधवार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलवार प्रतितोला ९८ हजार २ सय कायम भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । नेपाली बजारमा यो सुनको भाउ हालसम्मकै उच्च हो ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने ९८ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । मंगलवार तेजावी सुनको प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।