पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताउनुभयो । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।