
पोखरा, १४ साउन । नेपालमा थप दुई सय १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ सय जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा १४ हजार ४ सय ७१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा एक सय ४६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार २१ रहेको प्रवक्ता डा गौतमले बताए ।

