
सन थापा
जापान (क्योतो) जुलाई २९ । जापानमा बुधबार १ हजार २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा थपिएको यो हालसम्मको सर्वाधिक संख्या हो । योसँगै कुल संक्रमित संख्या ३४ हजार २ सय १६ जना पुगेको छ ।
मंगलबार मात्रै ९ सय ८१जना संक्रमित थपिएका थिए। जसमध्ये १ हजार १५ जनाको मृत्यु, ७६ जना गम्भीर बिरामी र २३ हजार ७४ सय ७० जना निको भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

टोकियोमा मात्रै आज २ सय ५० जना थपिएर कुल संक्रमित ११ हजार ८ सय ६१ जना पुगेको छ । टोकियोपछि बढी संक्रमित ओसाका प्रान्त हो । जहाँ आज हालसम्मको धेरै २ सय २१ जना थपिएर जम्मा ३ हजार ६ सय ५१ जना पुगेको छ। त्यसैगरी खानागावा प्रान्तमा २ हजार ३ सय ५४ जना संक्रमित भएकाछन् भने साइतामा प्रान्तमा २ हजार १ सय ९६ जना संक्रमित पुगेको छ।
फुकुओकामा यो हप्ता संक्रमित दर उच्च भएर आजसम्म १ हजार ५ सय १६ जना पुगेकोछ ।त्यस्तै चिबा प्रान्तमा १ हजार ५ सय ६५, आईचीमा १हजार ४ सय ५२, होक्काईदोमा १ हजार ४ सय चारजना, ह्योगोमा १ हजार १ सय पाँचजना, क्योतोमा ७ सय ४९ जना संक्रमित भएका छन् ।
यसअघि संक्रमण बढेपछि लागू गरेको आपतकाल हटाए पनि पुनःसंक्रमण दर बढेकोले टोकियो र ओसाका रेडजोनमा सूचिकृत गरेको छ भने सतर्क रहन सरकारले आग्रह गरेको छ ।