भारतमा कोरोना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या १५ लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७ सय ६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् ।



Tags: