
पोखरा । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीवार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ६ सय ७६ पुगेको छ । हालसम्म कुल संक्रमितको संख्या ४४ लाख २४ हजार ८ सय ६ जनामा पुष्टि भएको छ ।
अमेरिकाकामा कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको विज्ञहरुले बताएका छन् ।
अमेरिकामा हालसम्म निको हुनेको संख्या १३ लाख ८९ हजार ४ सय २५ रहेको छ ।