गण्डकीमा बढ्दै कोरोना संक्रमण, संक्रमितको संख्या १४७९ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ साउन । लकडाउन खुलेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ । बिहीबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३८ जना नयाँ संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरुमा कास्कीका १४, स्याङ्जाका ११, बागलुङका ६, तनहुँका ३ लमजुङका ३ र नवलपुरका १ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४७९ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा निको हुनेको संख्या १२३० पुगेको छ ।