कोरोना संक्रमणबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १५ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीनको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार साउन १४ गते बुधवार मृत्यु भएका मोरङको सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो । 

यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए 

योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ । 



Tags: