
कञ्चनपुर जिल्ला अदालतले निर्मला बलत्कार तथा हत्या काण्डमा मुद्दा लागेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीलाई सफाइ दिएको छ । जिल्ला अदालत कञ्चनपुरले बिहीबार तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।
निर्मला हत्याकाण्डमा प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेको भनी एसपी बिष्ट सहित ८ प्रहरीबिरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोश ठहर्याएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको हो
दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कार गरी हत्या गरिएको थियो ।