राखेप सदस्यमा सम्पन्न श्रेष्ठसहित ६ जना मनोनित

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित


पोखरा ।  युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा सम्पन्न श्रेष्ठसहित ६ जनालाई मनोनित गरेका छन् । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष श्रेष्ठसहित मन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ जनालाई सदस्यमा मनोनित गरेका हुन् ।  बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहेका श्रेष्ठ लामो समयदेखि खेलकुदको क्षेत्रमा सक्रिय छन् ।

यस्तै अन्य सदस्यमा चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्दप्रसाद भट्टराईलाई मनोनित गरेको मन्त्रालयद्वारा जारि विज्ञप्तीमा जनाइएको छ ।