जापानमा कोरोना संक्रमित नयाँ रेकर्ड, संक्रमित ३५ हजार नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


सन थापा
जापान । जापानमा बिहीबार १ हजार ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार मध्यरातसम्म १ हजार २ सय ६४ जना संक्रमित भएकोमा त्यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड रहेको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले राति १०ः३० बजे जारी गरेको तथ्याङ्क अनुसार यो हालसम्मको उच्च संख्या हो ।

योसँगै कुल संक्रमित संख्या ३५ हजार ५ सय २१ जना पुगेको छ । जसमध्ये १ हजार २० जनाको मृत्यु, ९० जना गम्भीर बिरामी र २४ हजार ८ सय ३८ जना निको भएका छन् ।

टोकियोमा बिहिबार यसअघिको रेकर्ड तोड्दै २ सय ६७ जना संक्रमित थपिए । जहाँ कुल संक्रमित १२ हजार २ सय २८ जना पुगेको छ । गत जूलाई २३ गते २ सय ६६ जना संक्रमित भएका थिए ।

त्यसैगरी ओसाकामा १ सय ९० जना थपिएर जम्मा ३ हजार ८ सय ४१ जना पुगेको छ। खानागावा प्रान्तमा २ हजार ४ सय ३० जना संक्रमित भएका छन् जहाँ ७६ जना नयाँ संक्रमित थपिए । त्यस्तै साइतामामा ५७ जना थपिदै २ हजार २ सय ५३ जना संक्रमित पुगेको छ। फुकुओकामा हालसम्मको धेरै १सय २१ जना संक्रमित थपिएर १हजार ७ सय ५६ जना पुगेकोछ ।

आईचीमा नयाँ संक्रमित १सय ६० थपिदै १हजार ६ सय १२ जना पुगेकोछ भने चिबामा १ हजार ६सय ११ जना संक्रमित छन्। जहाँ ४९ जना नयाँ थपिए । त्यसैगरी होक्काईदोमा १ हजार ४ सय १३ जना, ह्योगोमा १ हजार १ सय ५८ जना,क्योतोमा ७ सय ५८ जना संक्रमित भएका छन् िह्योगोमा ५३जना र होक्काइदो र क्योतोमा नौ/नौ नयाँ संक्रमित थपिएको हो ।

सबैभन्दा दक्षिणी टापु ओकिनावामा बिहिबार अहिलेसम्मको धेरै ४९ जना थपिएर कूल ३सय २४ जना संक्रमित भएकाछन् । जापानसरकारले लागू गरेको आपतकाल हटाए पनि पुनः संक्रमण दर बढेकोले टोकियो र ओसाकालाई उच्च संवेदनशील क्षेत्रमा सूचिकृत गरेको छ ।