‘अब देशमै छ रोजगारी’ अभियान सुरु

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


काठमाडौं । ‘अब देशमै छ रोजगारी’ अभियान शुरु गरिएको छ । बिहीवार आयोजित एक भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगपतिहरु, स्किलिङ इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलामा उक्त अभियान सार्वजनिक गरेका हुन ।

रोजगारी सर्भिस र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो ।

नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाहरुको दायरा भित्र र बीच मजबुद सहकार्य निर्माण गरेर, युकेएड सीप र रोजगारी सर्भिस रोजगारी, उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दै उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन ।

अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, ‘म विश्वस्त छु कि यस्ता बजार नेतृत्वका पहलहरुले गति लिन पाउँनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्नेछ ।’ उनले रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण भएको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको बताए ।

कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाखभन्दा बढी रोजगारी सृजना गर्नु आवश्यक छ।

रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु —वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्नेछ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले भने, ‘अब देशमै छ रोजगारी अभियान र युकेएड सीप र अन्यसंगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्न सक्दछ । यो समयको आवश्यकता पनि हो ।’

कार्यक्रममा उद्योगीहरु पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पारेका थिए ।