
फाइल तस्विर
वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले पुष्टि गरेका हुन्।
उनी , वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत ) हुन्। मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।
बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम भई अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।
योसँगै बिहीबार मात्रै पर्सामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

