
पोखरा, १६ साउन । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शुक्रवार विहान जारी गरेको विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तीन जिल्लाका ६ नयाँ संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा म्याग्दीका २ जना तथा तनहुँका १ र र कास्कीका ३ जना रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ३३ र ४५ वर्षीय २ पुरुष छन् । एक जना ३६ वर्षीया महिला रुपा गाउँपालिकाका रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४८५ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
कोरोना निको भएर गण्डकी प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२४३ पुगेको निर्देशनालयले जनाएको छ ।


