सुनको मूल्य तोलाको ९९ हजार ३ सय

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


पोखरा । नेपाली बजारमा सुनको मूल्यले शुक्रवार पनि नयाँ उचाई कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ३०० ले वृद्धि भएको छ । बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको मूल्य शुक्रवार बढेर ९९ हजार ३०० मा पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रू.९८ हजार ८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू.२५ घटेर रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।