पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार हस्पीटल सानेपामा कोभिड–१९ को परीक्षण गरी ती महिलामा सङ्क्रमणको पुष्टि भएपछि पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका निर्देशक डा. शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए ।

ललितपुरमा एकजनाको मृत्युसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । यसअघि पर्सामा बिहिबार र शुक्रबार बिहान गरी तीनजनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो ।



Tags: