
पोखरा, १६ साउन । नेपालमा थप दुई सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म ५ हजार ३ सय १६ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ७५ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा १२ हजार १ सय ११ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ सय ५१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ३ सय ९९ रहेको प्रवक्ता डा गौतमले बताए ।