जापानमा कोरोना संक्रमित हालसम्मकै उच्च, शुक्रवार थपिए १५७९ जना

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


सन थापा ।
जापान । जापानमा कोरोना संक्रमित हालसम्मकै उच्च बृद्धि भएको छ । शुक्रवार १ हजार ५ सय ७९जना संक्रमित थपिएको सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

राति ११ बजेसम्मको अपडेटअनुसार कुल संक्रमित संख्या ३७ हजार १ सय जना पुगेको छ । जसमध्ये १ हजार २४ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ८८ निको भएका छन् ।
गम्भीर बिरामी रहेका ९० जना उपचाररत छन् ।

टोकियोले तोड्दै रेकर्ड
टोकियोमा यसअघिको ३ सय ६७ जनाको रेकर्ड तोड्दै शुक्रवार ४ सय ६३ जना संक्रमित थपिएका छन् । हालसम्म यहाँ १२ हजार ६ सय ९१ जना संक्रमित संख्या पुगेको छ ।

शुक्रवार ओसाकामा २ सय १६, खानागावामा ५२, साइतामा ५७, फुकुओकामा १ सय ७०, आईचीमा १ सय ९३, चिवामा ३५, होक्काइदोमा १५, ह्योगोमा ६२ र क्योतोमा २९ जना संक्रमित थपिएका छन् ।

हालसम्म ओसाकामा ४ हजार ५७, खानागावामा २ हजार ४ सय ८२, साइतामामा २ हजार ३ सय १०, फुकुओकामा १ हजार ९ सय २६, आईचीमा १ हजार ८ सय ५, चिवामा १ हजार ६ सय ४६, होक्काइदोमा १ हजार ४ सय ८२, ह्योगोमा १ हजार २ सय २०, क्योतोमा ७ सय ८७ जना संक्रमित पुगेका छन् ।