पोखरा । प्रतिनिधिसभा सदस्य सदस्य ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा निधन भएको छ । उनको उपचारका क्रममा सहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।
छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।
मुटुमा समस्या देखिएपछि उनी लामो समयदेखि प्रतिनिधिसभा बैठकमा सहभागी हुन सकेकी थिइनन् । निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनका क्रममा समेत उनी मतदानमा भाग लिन उनी असमर्थ भएकी थिइन् ।
उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्।