गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


पोखरा, १७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरणअनुसार प्रदेशमा एक हजार ६ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा प्रदेशमा १२ जना नयाँ संक्रमितहरु थप भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

बुधवार दिउँसो संक्रमितहरु पुष्टि भएकाहरुमा पोखरा महानगरपालिकाका ३, लमजुङका ७, बारा जिल्ला भई लमजुङमा कार्यरत २ जना, तनहुँका १ र नवलपुरका १ जना गरी १४ जना संक्रमित पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए ।

यसैगरी प्रदेशमा संक्रमण भई निको हुनेको संख्या पनि बढ्दो छ । मंगलवार बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फकिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २८७ पुगेको छ ।



Tags: