थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


पोखरा, १७ असार । बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बुधबार मात्र चार सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६२३, प्रदेश २ मा तीन हजार ८ सय ५६, बागमती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश ५ तीन हजार आठ सय ४३, कर्णाली प्रदेशमा एक हजार पाँच सय ८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



Tags: