फाइल तस्विर
पोखरा, १७ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।
अछाम रामरोशन गाउँपालिका ४५ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको बुधवार मन्त्रालयले पुष्टि गरेको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो ।
४५ वर्षीय उक्त पुरुष मधुमेहबाटसमेत पीडित भएको गौतमको भनाइ छ । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।