पोखरा- असार १८ गते ।
कोभिड-१९ (कोरोना भाइरस) को बिश्वब्यापी महामारीबाट सृजित विषम परिस्थितिका कारण अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि पर्यटन ब्यबसाय ठप्प प्राय: छ। यो ब्यबसाय गर्ने र रोजगारीमा आश्रीत जनताहरुलाई दैनिक जिवनयापन पनि कष्टकर बन्दै गइरहेको छ।
यसैबीच ट्रेकिङ तथा पर्बतारोहणमा संलग्न गाइड तथा भरियाहरुलाई झन्डै ५ महिनासम्म बेरोजगार हुँदापनि सरकार तथा सम्बन्धित रोजगारदाता, अन्य सरोकारवाला निकाय सबैले बेवास्ता गरेको, टिम्स लगायतका श्रोतहरु बाट संकलन गरिएको रकम त्यतिकै राखेर मजदुरहरुलाई झन दुखदिएको जस्ता विषयहरुको उठान गरेर विभिन्न १२ बुदे मागपत्र हिजो (असार १७ गते ) काठमाडौंमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीलाई बुझाइएको संयोजक प्रकाश घायल राईले बताउनुभयो।ब्यानर, माइकिङ सहितको जुलुसले नेपाल पर्यटन बोर्ड परिशर भृकुटीमण्डपमा केहिबेर नाराबाजी समेत गरेका थिए।
नेपाल पर्यटन बोर्डका सिइओबाट केहिदिन पर्खनको लागि आग्रह भएको तथा सकारात्मक प्रतिक्रिया आएको भएतापनी यो आन्दोलन एउटा निस्कर्षमा नपुगी नटुङ्गिने संयोजक राईले बताउनुभयो ।