संसद अधिवेशन अन्त्य गर्न सिफारिस

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


पोखरा, १८ असार । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली अत्यावश्यक परामर्शका लागि प्रधानमन्त्री शीतलनिवास गएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेलगत्तै मन्त्रीपरिषद् बैठक बसेका थिए ।