बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।
बैठक जारी रहेका बेला मन्त्रिपरिषदले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय सार्वजनिक भएपछि बैठकमा हलचल मच्चिएको थियो ।
‘दुई अध्यक्षको छलफलका लागि बैठक केहीबेरका लागि रोकिएको हो,’ स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले भने ।
त्यसपछि बैठक चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका थिए।