राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार मध्यान्न बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुगेका थिए ।

संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७–३–१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७७ साल असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’