पोखरा, १८ असार । गण्डकी प्रदेशका पोखरा महानगरपालिका कास्की र लमजुङ जिल्लाका गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ३१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष रहेका छन् भने लमजुङका १६ जना रहेका छन् । लमजुङमा संक्रमितहरुमा दोर्दी गाउँपालिकाका २, मध्यनेपाल नगरपालिकाका ४, दुधपोखरी गाउँपालिकाका १, सुन्दरबजार नगरपालिकाका ४, मर्स्याङ्दी गाउँपालिकाका १ र राइनास नगरपालिकाका १ गरी १६ जना रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
आज बिहान मात्रै ४ जिल्लाका गरी थप ८ जना कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीवार मात्रै गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि भएको छ ।
र, यो पनि हेर्नुहोस् ।