प्रचण्ड पनि पुगे राष्ट्रपति निवास

-


     मर्दी न्युज    
     १८ असार २०७७ मा प्रकाशित


काठमाडौं । नेकपाभित्र सत्ता संघर्ष बढेसँगै अर्का अध्यक्ष प्रचण्ड पनि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न गएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।