पोखरा, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।
बिहीवार संक्रमित हुनेमा १०९ महिला र ३६४ जना पुरुष रहेको उनले जानकारी दिए ।
संक्रमित हुनेमा सुनसरीका ३, मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५ , डोटीका ५८, कैलालीका १६५, कन्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, बर्दियाका १, भक्तपुरका २, धादिङका १, दोलखाका २, गोरखाका १, काठमाडौंका २८, काभ्रेपलाञ्चोकका २, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १, अर्घाखाँचीका २, सुनसरीका २, नुवाकोटका १, रसुवाका १, सिन्धुपाल्चोकका ४, बागलुङका १, पर्वतका २, तनहुँका ३, स्याङ्जाका ३, कास्कीका १, लमजुङका १६, दाङका ४ दैलेखका ३ र कालिकोटका १ जना रहेका छन् ।
यो सँगै संक्रमितको संख्या १४ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । बिहीवारसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार ७ सय ६४ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३८ हजार एक सय ९ जना रहेका छन् भने ९ हजार १ सय ६८ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
बिहीबारसम्म कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।