पोखरा, १८ असार । म्याग्दीका कोरोना संक्रमित ४९ दिने शिशुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ती शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको बताए । उक्त शिशुको कोरोना संक्रमणकै कारण मृत्यु भएको बिहीवार मन्त्रालयले पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन ।