पोखरा, १९ असार । गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार शुक्रवार ४ जिल्लाका गरी ३२ जनामा कोरोना पुष्टि गरेको हो ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा नवलपुरका १९ जना, तनहुँका ९, पर्वतका ३ र बागलुङका १ गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।
संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले जनाए ।