पोखरा, १९ असार । पोखरामा झरीका बावजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।
विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देश भित्र र बाहिराबाट विदेशी शक्ति लागेकाले आफूहरु स्वतस्फूर्त प्रदर्शन गरिएको सहभागी युवाहरुले बताए ।
प्रदर्शनमा उत्रिएका युवाहरुले ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका थिए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवावर्ग बढी थिए ।