एकैदिन ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

-


     मर्दी न्युज    
     १९ असार २०७७ मा प्रकाशित


पोखरा, १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

यो सँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । शुक्रवारसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् भने ९ हजार ८४ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको छ ।



Tags: