कोरोना संक्रमणका कारण काठमाडौंका बृद्धको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो

-


     मर्दी न्युज    
     १९ असार २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक बृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते राती ११ बजे काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी बृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि निजी अस्पतालमा भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।