काठमाडौं । कोरोना भाइरसको महामारीलाई देखाएर मिडिया हाउसका मालिकले पत्रकारहरूलाई रोजगारीबाट निकालेको, तलब नदिएको, तलब कटौती गरेको विरोधमा पत्रकारहरूले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन ।
पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार प्रदर्शन गरेका हुन । पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर, मेरा सम्पादकको मुटु छ मर्म छैन, सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई, कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली, मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’ जस्ता लेखिएका नाराहरू लेखेका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए । उनले नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामाथ्र्य हुनुपर्ने भन्दै प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न नपाउने बताए ।