पोखरा । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमितको संख्या विश्वमा एक करोड १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १० लाख ४५ हजार ७१३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५८ लाख ४१ हजार ७ सय ३३ निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २७ लाख ९३ हजार ३४ संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १५ लाख ३९ हजार ८१ पुगेको छ । त्यस्तै ब्राजिलमा ६१ हजार ८८४ जना संक्रमणबाट ज्यान गुमाएको छ ।
त्यसै गरी धेरै संक्रमितको तेस्रो स्थानमा रहेको रुसमा ६ लाख ६६ हजार ९ सय ४१ जना संक्रमित छन् । कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ ।