पोखरा, २० असार । गण्डकी प्रदेशमा शनिवार बिहान थप १६ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थय निर्देशनालयले शनिवार विहान एक विज्ञप्ति प्रकाशित गरी अध्यावधिक विवरण अनुसार प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि गरेसँगै संक्रमितको संख्या एक हजार ७९ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशका थप संक्रमित १६ जना ६ जिल्लाका रहेका छन् । संक्रमितहरुमा बागलुङका २ जना, म्याग्दीका ३ जना, तनहुँका १ जना, स्याङ्जाका १ जना, कास्कीका २ जना र नवलपुरका ७ जना रहेका छन् ।
आज बिहान मात्रै गोरखा जिल्ला, पालुंगटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।