पोखरा र गोरखामा गरी ९ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     २० असार २०७७ मा प्रकाशित


पोखरा, २० असार । पोखरा महानगरपालिका र गोरखामा गरी ९ जना कोरोना संक्रमितको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार मध्यान्ह ११ः४० बजे जारी गरेको अध्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ४ जना र गोरखा जिल्ला पालुङटार नगरपालिकाका ४ र शहीद लखन गाउँपालिकाका १ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा प्रदेशमा थप ९ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८८ पुगेको छ । यसअघि आज बिहानै प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

आज बिहान संक्रमणबाट मृत्यु भएका गोरखा पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनको तयारी भैरहेको पनि डा. शर्माले जनाए ।



Tags: