काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । राष्ट्रपतिलाई भेटेको केहीबेरमा उनले मन्त्रीहरूलाई बालुवाटार बोलाएका हुन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो । राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमनत्री ओलीले सहमतिमा आउन नमानेपछि स्थायी कमिटीको बैठक सोमबार सम्म स्थगन गरिएको छ ।