फोटोः मिना कार्की ।
राष्ट्रिय शिक्षक शीप विकाश फाउन्डेशन कास्कीले कर्मा फ्लाईटस् फाउन्डेशन नेपालको सहकार्य तथा नेदरल्याण्डको थिओला फाउन्डेशन र केपिजे विश्वविद्यालयको मुख्य आर्थिक साझेदारीमा आफ्ना सदस्य तथा स्टार स्कूलका १३९ जना कर्मचारी तथा शिक्षकहरुलाई कोभिड–१९ राहत स्वरुप प्रोत्साहन सहयोग प्रदान गरेको छ ।
नेपालमा कोभिड–१९ को प्रकोपसँग गरिएको वन्दावन्दीको चपेटामा परेका र राज्यको कुनै पनि निकायबाट राहत प्राप्त नगरेका निजी श्रोत तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु सवै भन्दा बढि समस्यामा भएको महसुस गरि संस्थाहरुको विशेष पहलमा केपिजे विश्वविद्यालय र यसका शिक्षकहरुको सहयोगमा उक्त इन्सेन्टिभ वितरण गरिएको हो ।
सन् २०१२ देखि केपिजे विश्वविद्यालय र थिओला फाउन्डेशन नेदरल्याण्डको सहकार्यमा एन्फोस्र्ड फाउन्डेशनले आफ्ना मातहतका सदस्य विद्यालय तथा पोखरा आसपासका शिक्षकहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षक तालिमको व्यवस्था गदै आईरहेको छ । जसमा सन् २०१२–२०१४ मा २६ जना तथा सन् २०१४– १६ मा अन्य २० जना शिक्षकहरु ग्राजुएट भएका थिए भने ५ विद्यालय तथा तिनका स्याटेलाइट स्कूलहरुका सम्पूर्ण शिक्षकहरुलाई सोहि अनुसारको तालिमवाट दिक्षित गरिएको थियो । सन् २०१७ मा ५ वटा विद्यालयहरुलाई स्टार स्कूलको रुपमा विभूषित गरिएको थियो ।
सन् २०१९ मा टिचर्स इन पोखरा जस्तो प्रदेश स्तरिय शिक्षक सम्मेलन सम्पन्न गरेको थियो । सहज अवस्थामा शिक्षक तथा विद्यालयहरुले धेरैथोरै आफ्नै पैसा खर्च गरेरै भएपनि तालिम तथा अध्यापन शशक्तिकरणका विधिहरु अवलम्वन गर्न सक्ने भएता पनि अहिलेको विषम परिस्थितिमा तथा प्रविधि सिक्दै विद्यार्थीहरुलाई सिकाईमा प्रेरित गर्न यो इन्सेन्टिभ सहयोगी हुने र मायाको चिनोको रुपमा प्राप्त सहयोगको लागि आफूहरु अत्यन्तै आभारी भएको कुरा शिक्षक कर्मचारीहरुले बताए ।
हाल संस्थाका सदस्य विद्यालय अन्तर्गत ५ वटा स्टार स्कूलहरु सदस्य क्रमशः गौरीशंकर मनिलाल मा. वि माछापुञ्छ्रे गा.पा –९, केफ मा. वि पोखरा –१, भास्कर मेमोरियल स्कूल पोखरा– ११, ताराकुञ्ज सेकेण्डरी स्कुल पोखरा–१३ पाटनवेसी, वालप्रभात बोर्डिंग स्कुल पोखरा–९ तथा एक सदस्य स्कूल लक्ष्मी आवाशिय (एलए) सेकेन्डरी स्कूल पोखरा–९ का जम्मा गरि १३९ जना शिक्षक तथा कर्मचारीहरुलाई प्रत्येक विद्यालयमा पुगी जम्मा रकम रु चार लाख ८० हजार वितरण गरिएको एन्फोस्र्ड कास्कीमा अध्यक्ष श्री विश्वराज वास्तोलाले बताए ।
अहिलेको विषम परिस्थितिमा आधारभुत तहमा काम गर्ने कठिन परिस्थितिका शिक्षक कर्मचारीलाई इन्सेन्टिभ प्रदान गर्न पाउँदा आफूलाई सन्तोषको अनुभुति भएको कर्मफ्लाईटस्का निर्देशक प्रेम बहादुर कुवँरले बताए । उक्त अवसरमा सवै ६ वटा विद्यालयमा आयोजित वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष एंव प्यावसन कास्कीका सचिव विष्णु प्रसाद तिमिल्सिना , एलए स्कूलका प्राचार्य सालिकराम अधिकारी , वाल प्रभातका प्राचार्य डिल्लीराम अर्याल तथा सह प्राचार्य शिला थापा ,केफ का डिल्लीराम अधिकारी र शशीधर बराल, ताराकुञ्जका युवराज त्रिपाठी लगायतले शिक्षक कर्मचारीहरुको आत्मवल उच्च बनाउने खालका उत्प्रेरणा तथा कोभिड–१९ को समयमा अनलाइन कक्षा कसरी सञ्चालित गर्ने भन्ने विषयमा आ–आफ्नै धारणा राखेका थिए ।